जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार ०८:३४

घरको गेट पल्टिएर थिच्दा पाँच वर्षीया बालिकाको मृत्यु


भक्तपुर, ३१ साउन– भक्तपुरको लोकन्थलीमा घरको कम्पाउन्डमा रहेको फलामे गेट ढलेर किच्दा बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुरको बोडे बस्ने ५ वर्षकी श्रीसिजा अर्यालको मृत्यु भएको हो ।प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेका अनुसार लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको गेट एक्कासि पल्टँदा पाहुना आएकी अर्याल च्यापिएकी थिइन् ।