जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार ११:१२

एमाले फर्कदै नेकपा एसका यी चर्चित नेता


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका चर्चित नेताहरु नेकपा एमालेमै फकृने निर्णयमा पुगेका छन । बिद्रोह र पुनर्गठनको नारा दिएर एमालेबाट अलग गरी पार्टी बनाएको नाटक गर्दै अहिले नेकपा माओवादी केन्द्रमा बिलय गराउने अभियान चलेपछि चर्चित नेताहरु एमालेमै फर्कने निर्णयमा पुगेका हुन ।

माधव नेपाल समुहको सुदुरपश्चिम प्रदेशमा हस्ती मानिने पूर्वमन्त्री तारा लामा तामाङ, सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर शाही, पूर्वमेयर अशोक चन्द, बीरबहादुर बुढाथोकीसहित नेकपा एकीकृत समाजवादीका दुई दर्जन नेताहरु एमाले फर्कने निर्णयमा पुग्नुभएको हो । उहाँहरुले आफ्नो टीमसँग छलफल गरी एमाले फर्कन मनाइसकेको बताउनु भएको छ । यी नेताहरु एमालेमै फर्कने निर्णयसँग सुदुरपश्चिममा नेकपा एस रित्तिने अवस्थामा पुगेको छ ।

चुनावको मिति नजिकिएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पहिरो जान सुरु भएको छ । एमालेबाट बिद्रोह गरेको भन्दै पार्टी खोल्नुभएका माधवले एक बर्ष नपुग्दै नेकपा माओवादी केन्द्रमा बिलय गराउने भित्री योजना बनाएको तथ्य खुलेपछि सो पार्टी छाडने क्रम बढेको हो । पूर्वमन्त्री एवं चर्चित नेता तारा लामाले जनताटाइम्स डटकमसँगको कुराकानीमा एमालेमा फर्कने निर्णय आफूहरुले गरिसकेको बताउनु भयो ।

‘अव कुनै दुविधा छैन, मुल घर एमालेमै फर्कने हो, माओवादीमा बिलय गराउने पार्टीमा एमालेबाट बिद्रोह गरेर गएको भनिएका सवै साथीहरु एमालेमै फर्किनु हुन्छ, हामी पनि त्यही निर्णयमा पुग्यौं,’ लामाले जनताटाइम्स डटकमसँग भन्नुभयो । उहाँका अनुसार एकता समन्वय समितिको नाममा माधवले माओवादीमा पार्टी बिलय गराउने योजना सार्वजनिक गरेपछि एमालेबाट सो पार्टीमा लागेका सवै फर्कने तयारीमा रहेका छन ।

यता प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधवलाई साथ दिएर आत्मग्लानी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, २०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्कोपछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले कांग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिएँ भने आजका मितिदेखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।’