जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १४:०४

के हो ट्वोर्क नृत्य, धमलापत्नी एलिजाको नृत्य स्टेप ट्वोर्क नै हो त ? (हेर्नुहोस ‘क्रेजी इन लभ’ मा यो नृत्य)


काठमाडौं, १० भदौ । नेपाली महिलारूले मनाउने हरितालिका (तीज) आउन अब ४ दिन बाँकी छ । तर तिजको रौनकले केही दिनअघि देखि नै महिलालाई छपक्कै छोएको छ । हिजोआज तीज ब्रत बस्ने पर्वभन्दा रमाइलोको पर्वमा रूपान्तरण भइसकेको छ ।

तीज अब परम्परागत रहेन अब तीजमा सासु, नन्द, आमाजु, जेठानीबाट पतिका घरमा व्यहोर्नु परेको बुहार्तनका पीडा ओकल्दै गाइने गीत एकादेशको कथा भइसकेको छ । अब मौलिकता हराएर तीज अतिआधुनिकताको दलदलमा फसेको भन्दा अतिउक्ति नहोला ।

यस्तै आधुनिक तीजको रमझममा यसपटक पत्रकार ऋषि धमला पत्नी तथा मोडल एलिजा गौतमको नृत्यले वजार गर्माएको छ । एलिजाले दुईहात र घुँडा टेकेर कम्मरको माथिल्लो भाग हल्लाएको नृत्यको स्टेप अचेत तीज पार्टीमा नक्कल गरिदो छ । अर्थात उनकोजस्तो नृत्य नगरि अबको रमाइलो गरेकै ठहर्दैनजस्तै भएको छ ।

यस स्टेपलाई धेरैले ‘ट्वोर्क’ को स्टेप भनेका छन् । वीकिपिडियाकाअनुसार ट्वोर्क अंग्रेजी शब्द (टु–वर्क) बाट बनेको हो । यो नृत्य १९८० को दशकमा न्यूआरलियन्सको उत्तेजक संगीतबाट निश्किएको मानिन्छ । यसमा कलाकारले लोकप्रिय गीतमा यौन उत्तेजक हाउभाउ प्रकट गर्दै नृत्य गर्छन । यसमा खासगरी हिप्सलाई पछाडितिर धकेल्दै नितम्बलाई हल्लाउने गरिन्छ ।

यो खासगरी २०१३ मा एमटिभि भिडियो म्यूजिक अवार्डमा चर्चित पप कलाकार माइली साइरसले नृत्य गरेपछि गुगल सर्च इन्जिनमा खोजिन थालिएको नृत्य स्टेप बनेको थियो । २००३ मा वियोन्सको भिडियो ‘क्रेजी इन लभ’ र एमिनेमको २००५ को ‘एस लाइक दैट’ मा पनि देख्न सकिन्छ ।