चुच्चे नक्सा ओलीकै पहल र अगुवाइका नेपाली नक्सामा समावेश हुन सकेको स्पष्ट हुन्छ । नत्र हामीले गर्दा भन्नेहरु देउवाले भारतमा रहेको नेपाली दुतावसमा चुच्चे नक्सा बुच्चे पार्दा माधव–प्रचण्डहरु किन बोल्दैनन् ? यसरी हर क्षेत्रमा गर्न चाहँदा देश र जनताका हितमा काम गर्न सकिँदो रहेछ भन्ने स्पष्ट हुन्छ
इ.प्रशान्त पोखरेल
देशको उत्थानमा भौतिक निर्माण तथा विकासको महान भूमिका हुन्छ । यस्तो भूमिका पूरा गर्न विविध विषय र क्षेत्रका इन्जिनियरहरुको योगदान हुन्छ । त्यसैले यस क्षेत्रलाई पनि समेट्न र संगठित गर्न अत्यावश्यक हुन्छ । यसैले नेकपा एमालेले यस क्षेत्रलाई समेट्नका लागि देशव्यापी इन्जिनियर्स एसोसिएसन (पिन) गठन गरेको छ त्यसमा पनि यसको पहिचान खुल्ने खालको नाम जुराउँदा प्रगतिशील शब्द समावेश गरिएको छ ।
अरुहरुले प्रजातान्त्रिक शब्द राखेर हामीचाहिँ प्रजातान्त्रिक हौँ भन्ने गरे पनि वास्तवमा हामी प्रगतिशील पहिचानकाहरु चाहिँ ९५ प्रतिशत जनताका हितमा काम गर्ने वास्तविक उद्देश्य राख्छौँ । त्यसैले नाम प्रजातन्त्रिक राखेर केही सीमित मुटठीभर मानिसको सेवाका खातिर लागेको स्पष्टै देखिन्छ । जनताको बहुदलीय जनवाद र माक्र्सवाद भनेपछि अहोरात्र श्रम कर्ममा लाग्ने जनतावागरिखाने जनताका पक्षमा हामी काम गछौँ । यही उद्देश्यका साथ यस क्षेत्रको संगठन विस्तार गरिएको छ ।
यसै क्रममा प्रदेश नं. १ को प्रगतिशील इन्जिनियर्स एसोसिएसन( पिन) आआफ्ना पेशा व्यवसायमा सक्रिय रहेको छ । माओले पढ्नु भनेको देशको प्रगति र उन्नतिका लागि हो भन्नु भएको छ । त्यसैले प्रगतिशील क्षेत्रका हर संगठन र त्यसमा समावेश भएकाहरुको पहिलो कर्तव्य आफूलाई प्रगतिशील पहिचानका साथ सक्रिय रहनु हो । किनभने बहुदलीय शासन प्रणालीमा अनेक विचार र धारका संगठनहरु खुल्छन् र खोल्न पाइन्छ । तर सबै संगठन र त्यस सदस्य र पदाधिकारी भएका सबैले देश र जनताको हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्छन् भन्ने छैन । यदि त्यसो हुन्थ्यो भने नेकपा एमाले र ओली सरकारका पालामा भएका तमाम आर्थिक भौतिक उन्नति र प्रगतिको विरोध हुने थिएन ।
आफू पनि नगर्ने वागर्न नसक्ने अनिगर्नेको पनि खाली विरोधै गर्ने प्रवृत्ति हुने थिएन । तर हामी प्रगतिशीलहरु जोसुकैले गरेका राम्रा कामलाई राम्रो भन्छौँ ।ओली सरकारले आफ्ना पालामा भूकम्प पीडित,बारा पर्सा जिल्लामा सुनामी पीडित तथा जनता आवास कार्यक्रम अन्तर्गत आधारभूत तहका जनतालाई ८ लाख घर बनाएर जनतालाई हस्तान्तरण गरेको छ । सरकारमा नभएकै बेलापनि पार्टी अध्यक्ष ओलीले गोकर्ण बिष्टको संयोजकत्वमा सिन्धुपाल्चोक जिल्लामा १२ हजार घर टहरा बनाएर हस्तान्तरण गरेको थियो । ओली सरकारले प्रतिदिन ४ किलोमीटर बाटो पिच गराएको थियो । भारतबाट पाइपबाट डिजेल आयात गर्दा वर्षको अरवौँ ढुवानी खर्च जोगिएको छ । नेपालमाथि भारतीय हेलाहोचो ओलीको अठोट र अडानका कारण असफल बनेको हो ।
चुच्चे नक्सा ओलीकै पहल र अगुवाइका नेपाली नक्सामा समावेश हुन सकेको स्पष्ट हुन्छ । नत्र हामीले गर्दा भन्नेहरु देउवाले भारतमा रहेको नेपाली दुतावसमा चुच्चे नक्सा बुच्चे पार्दा माधव–प्रचण्डहरु किन बोल्दैनन् ? यसरी हर क्षेत्रमा गर्न चाहँदा देश र जनताका हितमा काम गर्न सकिँदो रहेछ भन्ने स्पष्ट हुन्छ । चारसय वर्षको पुँजिवादी इतिहासमा अमेरिकाले समेत गर्न नसकेको आर्थिक भौतिक प्रगति र समृद्धि चीनले १०० वर्षमा गरेको छ । यही देखेर अमेरिका समेत तर्सिएको र कसरी चीनलाई कमजोर पार्न सकिन्छ भन्ने कपटी सोच अमेरिकाले राखेको देखिन्छ ।

यसरी हेर्दा कम्युनिस्ट पार्टी त्यो पनि सही कम्युनिस्ट पार्टीले नै देशको छिटो भन्दा छिटो प्रगतिगर्न सक्छ भन्ने प्रमाणित हुन्छ । सशक्त र सवलाङ्गलाई देश विकास र उत्थानमा जीविको पार्जनका लागि न्यायोचित तलब भत्ता उपलब्ध गराएर सक्रिय गराउने तर अशक्त र असहायलाई पनि भत्ता उपलब्ध गराएर भएपनि बचाउने हो । हुने खानेलाई भन्दा हुँदा खाने वा श्रमजीवी जनताको भलो गर्ने कुरालाई पहिलो प्राथमिकता दिने काम प्रगतिशील सरकारको हो । प्रतिभाशाली नेताहरुका अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संघर्ष गर्न सक्तैन । लिक्यान यु, माओ, तङसियाओ पिङ, सि जिनपिङ, पुष्पलाल, जननेता मदन भण्डारी र केपी शर्मा ओली जस्ता प्रभावशाली नेताका नेतृत्वमा भएका प्रगतिले देखाउँछन ।
यस कुरालाई राम्ररी ध्यानमा राखेर मोरीको रानो जस्तो प्रमुख नेता र नेतृत्व जसरी पनि खुइल्याउने कुराको डटेर तथ्य र तर्कसहित घुमाउरो वा सोझो तरिकाले विरोध गनर््ुपर्छ । विकास सम्बन्धी स्पष्ट धारणा राखने ओलीले नेपाली युवाहरु बन्जर र मरुभूमि समानका विदेशमा गएर त्यहाँ हराभारा र समृद्ध पार्न सक्छन् भने हाम्रो जस्तो सबै हिसावले उत्पादन र उजार्जन योग्य देशलाई विकसित गर्न नसक्ने कुरै छैन भन्नु भएको छ भने यसकालागि सबै खालको उपर्युक्त वातावरण प्रदान गर्नु पर्ने कुरा पनि उहाँले गर्नु भएको पाइन्छ । त्यसैगरी ओलीले नेपालको भौतिक निर्माण र विकास आधुनिकता टल्किने र नेपाली पन झल्किने हुनुपर्ने कुरा पनिउल्लेख गर्नुृ भएको छ ।
तर अहिलेको सरकार बिकास निर्माणका कुराहरु गर्नै चहादैन । पेट्रोलको भाउ ३ पटक सम्म घट्दा, घाटा देखाएर मुल्य सामायोज नगर्ने, श्राम त्यथा रोजगार मन्त्रीहरु खुले आम चुनाबको लागी पदिय मर्यादामा रहदै पैसा माग्ने गर्छन भने कोही मन्त्री आफ्नु पद छाड्नु पर्दा रोही कराउदै निस्कन्छन्न । ओलि सरकारका पालामा बिकास निर्माणका कुराहरु मात्र सुनिन्थियो, यसमा मात्र बहस हुने गर्थियो । चाहे त्यो रेल होस, नाढुङ्गाको सुरुङ मार्ग होस, जल यतायात होस, हावाबाट निस्कने बिजुली होस या घरघरमा पिईप लाईन सहित ग्यासको चुलो होस। सपना देखे पछी मात्र साकार बनाउन सकिन्छ भन्ने कुरा ओलि र ओलि सरकारले गर्थियो । अहिले त न योजन छ, सन्कल्प छ न त कामको परिमाण छ ।
प्रगतिशीलहरु आफूले विचारधारात्मक रुपान्तरण गरेर त्यसको नमुना प्रस्तुत गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छन् । आफ्नाविषय क्षेत्रमा काम गर्दा जनता र देशलाई केन्द्रमा राखेर प्रगतिशील सोच राखेर इमान्दारिताका साथ काम गर्न चाहन्छन् । सामान्य पेटपालोमा मात्र जिन्दगी बिताउनुभन्दा देशको हितमा काम गर्ने कुरामा केन्द्रित हुनु प्रगतिशीलहरुको ध्येय हुन्छ । उनीहरु एकदुई वटा राम्रा काम भन्दा जीवनभर राम्रो कामगर्ने कुरालाई महत्व दिन्छन् । त्यसैगरी उनीहरु सही सिद्धान्तमा अडिग रहनुपर्छ गलत विचार कामहरुको विरोधमा अथक संघर्ष चलाउनुपर्छ भन्ने मान्यता राख्छन् । कम्युनिस्टले आफ्नो प्रशंसा आफैँ गर्ने, घमण्ड गर्ने र अरुमाथि शासनचलाउने गर्नु हुन्न भन्ने कुरालाई पनि ख्याल गर्छन् । माओकै मान्यताअनुसार कमभन्दा कम समयमा बढीभन्दा बढी जनसमुदायलाई राम्रो भन्दा राम्रो उपायद्वारा जागृत गर्ने कुरालाई महत्व दिन्छन् । यही भाद्र ४ गते प्रदेश पिनको प्रथम अधिवेशनमा प्रमुख अतिथिका रुपमा कमरेड ओलीले पनि सारगर्भित सम्बोधन गर्नु भएको थियो ।
नेपालमा सही कम्युनिष्ट वा प्रगतिशील शक्तिलाई चौतर्फी आक्रमण रहेको छ । ओली सरकारले देश र जनताका हितमा काम गरेको देखेर देशीविदेशी र कम्युनिस्ट नामका लालगद्दारहरु मरिमेटेर लागि परेका हुन् । त्यसैले ओलीकाअनुसार पनि विशिष्ट परिस्थिति एक पटक मात्र आउँछ । त्यस्तो सुनौलो अवसर नचुकाई अथक मिहेनत गरेर जनताको मन जित्नु पर्छ । त्यसो गरियो भने जित सुनिश्चित हुनेछ । त्यसैले विचार र व्यवहार दुवै मिलाएर धेरै भन्दा धेरै इन्जिनियरहरुलाई हाम्रो एसोसिएसनमा गोलबन्द गर्नु पर्छ । उनीहरुलाई गोलबद्ध गरेर र उनीहरुमाथि भर परेर युद्ध वा देशको उन्नति र समृद्धि गर्न सकिन्छ । त्यसैले त जननेता मदन भण्डारीले सशस्त्र युद्धलाई हामी रहर र लहडको विषय बनाउँदैनौ भन्नु भएको हो । मदनले हामी वर्ग संघर्षमा नै विश्वास गछौँ तर हतियारबद्ध संघर्षलाई वाध्यात्मक अवस्थामा मात्र उपयोग गछौँ भन्नु भएको हो ।

एक्लै वा केही सीमित मानिसका भरमा मात्र काम गर्दा त्यो दुस्साहसवाद हुन्छ । जनता अघि बढ्न माग गर्दा पार्टी अघि सरेन भने त्यो अवसरवाद हुन्छ । नेकपा एमाले बाहेक अरु पार्टीसित देशको विकास र निर्माणको कुनै योजना देखिन्न । विकास र निर्माणका नाममा जनतालाई छक्याउने मात्र तिनको ध्येय हुँदोरहेछ । एउटै बाटो पटक पटक नापेर चुनावका मुखमा बिजुलीका पोल गाढेर अरु बेला देश र जनताका लागि केही नै नगर्ने नियत नेकालगायत पार्टीको देखिन्छ । तर जननेता मदन भण्डारीले नेपालका ग्रामीण भेगका जनताले विकासको प्रतिफल सहज रुपमा पाउन र दिलाउनका लागि सबै क्षेत्र,तह र भूगोलको सम्भाव्यता हेरी विभिन्न मझौला र लघु उद्योगहरु स्थापना गर्नुपर्ने कुरा उहिल्यै बताउनु भएको छ ।
कामको प्राथमिकताअनुसार पहिले सोच र संगठन निर्माण तथा सुदृढीकरण नै हो । यसै उद्देश्यले भाद्र ४ गते बिर्तामोड स्थित सीपीहोटलको सभाकक्षमा प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) संगठन प्रदेश नं १ को ऐतिहासिक दोस्रोअधिवेशन सम्पन्न गरियो । पिनका प्रदेश अध्यक्ष इ.सन्दिप दाहालको सभापतित्व, प्रमुख अतिथि पूर्व प्रधानमन्त्रीत था पार्टी अध्यक्ष के.पी. शर्मा ओली, एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, पिनका महासचिव इ भेषराज थापा, पिनका केन्द्रीय उपाध्याक्ष इ सन्जिब रोक्का, पिनका प्रदेश इन्चार्ज इ समीर शाक्य, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, प्रदेश नं. २ का एमाले नेता ज्वाला सिंह लगायतले सम्बोधन गरेको कार्यक्रम उपस्थिति उत्साहजनक थियो । अधिवेशनबाट सर्वसम्मत निर्वाचित कमिटी तपशिल बमोजिम रहेको छ :
अध्यक्ष ई. प्रदिप नेपालउपाध्यक्ष ई.काजिमान बिक, सचिब. ई. देवेन्द्र अधिकारी, सहसचिब ई जितेन्द्र साह कोषाध्यक्ष ई. बुद्घिनाथ तिम्सिनासहित १४ जन सदस्य रहेको छ ।अब पिन प्रदेशले १४ जिल्लामा संगठन विस्तार गर्दै सबै हिसावले यस क्षेत्रलाई सबल सक्षमबनाउनु जरुरी छ । वार्षिक योजनाबनाएर सैद्धान्तिक वैचारिक सांगठनिक तथा विकास निर्माण सम्बन्धी कामलाई क्रमशः अघि बढाउन आवश्यक देखिन्छ ।
(इटहरी, निवासी सिबिल इन्जिनियर लेखक एमाले, इटहरी नगर सदस्य तथा पिन, सुनसरीका सचिव हुनुहुन्छ ।)













प्रतिक्रिया दिनुहोस्