पुराना दलले ३७ बर्षमा गरेको काम बालेन सरकारले १०५ दिनमै पूरा गरेको छ । २०४६ सालपछि २०८३ असार २५ गतेसम्म दुई जनाले आफ्नो सरीरमा आगो लगाएर आत्मदाह गरे । तीन बर्ष पाँच महिना अघि पुराना दलको सरकार हुँदा इलामका प्रेमप्रसाद आचार्यले बानेश्वरमा आत्मदाह गरेका थिए । त्यो पुराना दलको चरम असफलता र आपराधिक कामको परिणाम थियो भने मुगुका गणेश नेपालीको आत्मदाह बालेन सरकारको चरम असफलता र आपराधिक कामको परिणाम हो भन्नेमा कुनै सन्देश मान्न पर्दैन
गणेश बस्नेत
बिहीवार दिउसो राहदानी बिभागमा सेवाग्राही छाडन पुगेका पठाओ चालक मुगूका जेनजी गणेश नेपालीले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर सरीरमा छर्की आफैलाई आगो लगाए । गरिखाने साधन मोटरसाइकलमा प्रधानमन्त्री बालेन्द्र शाहको उर्दीमा बिगत तीन महिनादेखि चलाइएको ‘असुली धन्दा’ को फिरौती तिर्ने पैसा नभएकै कारण त्रिपुरेश्वरस्थित राहदानी बिभाग अगाडि गणेशले आफ्नो सरीरमा आगो झोसेर आत्मदाहको दुर्भाग्यपूर्ण निर्णय लिए ।
बालेन सरकार जतिसुकै नाटक र इमोशनल ब्ल्याकमेलिङमा उत्रे पनि तथ्यहरूले गणेशको हत्यामा आफनो चरम ज्याद्धती रोक्न सक्ने अवस्थामा छैन । तथ्यहरूले चिच्चाएरै भनिरहेको छ, ‘बालेन सरकार नै हो गणेश नेपालीको हत्यारा ।’ आफू बाइकमै हुँदा ट्राफिक र महानगरीय प्रहरीले ह्वील लक गरेपछि त्रिपुरेश्वरमै बाइक छाडेर हिडेका थिए गणेश, दूई घण्टा पछि आएर सोही ठाउँमा आफ्नो सरीरमा आगो लगाएर आत्मदाह गरेका थिए भन्ने तथ्य अव बालेन सरकार र आपराधिक बाटोमा हिडेको राज्य संयन्त्रले लुकाउन सक्ने अवस्था छैन ।
यी दुई घण्टामा प्रहरीले गणेशलाई कुटेको, तँ जस्तो भूईं मान्छेले के गर्छस ? हामी त बालेनका सिपाही जस्ता अपमानजनक ब्यवहारको पनि सामना उनले गरेको प्रत्यक्षदर्सीको कुराले प्रष्ट भइसक्यो । यी सवै तथ्यले बालेन सरकारले आत्मदाहकै बाटोमा नपुगी नहुने अवस्था बनाएको देखिन्छ ।
पठाओ चालक गणेशले राज्यबाट भोगेको चरम अपमान, अन्याय र आतंक अनि बिना गल्ती सजाय भोग्नुपर्ने बालेन सरकारको नीतिप्रति सरीरमा आगो झोसेर बिमती जनाए । आतंक स्वीकार गर्दिन भन्ने उदघोष गरे आफ्नै सरीरमा आगो दन्काएर । गल्ती नगर्दा पनि बालेनको हुकुमी शासन लादन पोख्त बन्न थालेको सुरक्षाकर्मीले लादेको बुझाउनै नसक्ने ‘बालेन सरकारको फिरौती’ कै कारण आत्मदाहको बाटो रोजेको तथ्य अव घाम जत्तिकै छर्लंङ्ग भइसकेको छ ।
प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि श्री ३ जंगबहादुर बनेका बालेन र मन्त्रीहरूको सार्वजनिक धम्की, कानूनमाथि शासन गर्दै मच्चाइएको राज्य आतंक र नागरिकमाथि गरिएको हाकाहाकी फिरौती असुली’ का घटना नै गणेश नेपालीको आत्मदाह हो । बालेन सरकारले यस अवधीमा हाकाहाकी हत्या गरेको गणेश पाँचौं नागरिक हुन । यसअघि सुकुम्वासी प्रकरणमा बालेन सरकारले चार जनाको हत्या गरिसकेको छ । बालेन सरकारको आतंकसामू केही नचलेर चार जनाले आत्महत्याको बाटो रोजे, २५ बर्षीय गणेश चुपचाप अत्याचार सहनेमा परेनन, उनले निदाएको नाटक गरिरहेको र मानिसबाट दासमा परिणत हुँदै गरेका नेपाली समाजदाई एकैपटक ब्यूँझाउन आफ्नो सरीरमा आगो लगाएर आत्मदाह गरे ।
संबिधानत सर्वाधिकार सम्पन्न नेपाली नागरिकमाथि पाँच बर्षका लागि जागिर खान गएका बालेनहरूले गरेको अत्याचार र राज्इआतंकबिरुद्धको बिद्रोह पनि हो गणेशले आफ्नै सरीरमा झोसकेको त्यो सलाईको काँटी । अनि बालेन सरकारका लागि ज्वालामुखीको लपेटा बन्ने प्रयाश पनि हो । आफ्नो जीवन त्यागेर अरुको जीवनमा खुसी देख्ने गणेशहरूले रोज्ने बिकल्प यही मात्र बाँकी रहेको थियो । अधिनायकवादी श्री ४ बालेन्द्र शाहो आतंकबिरुद्ध बिद्राुह गरेर गणेशले त्यही अन्तिम बिकल्प प्रयोग गरे । कालो चस्माभित्र लुकाइएको दानवीय स्वरुप दुनियाँका सामू उदांगो पनि बनाए ।
सायद मानवता हराएको मानिस कोही छ भने त्यो नेपालका प्रधानमन्त्री बालेन्द्र शाह हुन, उनको मन्त्रिपरिषदका सदस्य हुन, उनको वरपर रहने चम्चेहरू हुन भन्ने सत्य स्थापित गरे । गणेशको यो ज्वालामुखी रुपले बालेनको आतंकमाथि धावा बोल्यो । अव नागरिक केही हदसम्म भए पनि ब्यूँझिए, भलै निदाएको नाटक गर्ने ‘चुपचाप घन्टी छाप नामधारी दासहरूको समुह’ अझै नाटक गरिरहेको किन नहोस । गणेशको बिद्रोहले देशभित्र मात्र नभई बिश्वभर बिद्रोहको ज्वालामुखी छरेको छ । संयुक्त राष्ट्रसंघको भवन अगाडि तिब्बतीले गरेको आत्मदाह भन्दा पनि बिशाल स्थानमा फैलिएको छ । अर्थात जनता मारेर राज गर्ने बालेन प्रबृत्तिको समुल अन्त्यका लागि रक्तबिज बनेर दुनियाँभर सूर्यका किरण बनेर फैलिएका छन मुगुका जेनजी गणेश नेपाली ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो पार्टीको महाधिवेशनमा भन्नुभएको थियो, ‘सरकार लोकल गाडीमा हिडेको छैन । एक्सप्रेस वे मा दौडिएको छ ।’ बिगतमा जसरी ढिलो कुददैन, गन्तब्यमा पुगेर मात्रै ब्रेक लाग्छ, लगाइन्छ ।’ गणेश नेपालीको आत्मदाहले बालेनले भनेको कुरा हो रहेछ भन्ने देखियो । पुराना दलले ३७ बर्षमा गरेको काम बालेन सरकारले १०५ दिनमै पूरा गरेको छ । २०४६ सालपछि २०८३ असार २५ गतेसम्म दुई जनाले आफ्नो सरीरमा आगो लगाएर आत्मदाह गरे । तीन बर्ष पाँच महिना अघि पुराना दलको सरकार हुँदा इलामका प्रेमप्रसाद आचार्यले बानेश्वरमा आत्मदाह गरेका थिए । त्यो पुराना दलको चरम असफलता र आपराधिक कामको परिणाम थियो भने मुगुका गणेश नेपालीको आत्मदाह बालेन सरकारको चरम असफलता र आपराधिक कामको परिणाम हो भन्नेमा कुनै सन्देश मान्न पर्दैन ।
अहिले बालेन सरकार बनेको १०५ दिनमै २०८३ असार २५ गते मुगुका युवा गणेश नेपालीले त्रिपरेश्वरमा आगो लगाएर आत्मदाह गरे । यसले पुराना दलले २७ बर्ष लगाएर गरेको बदनामीको काममा बालेन सरकार १०५ दिनमै अगाडि निक्लेको छ । राम्रा काम नभएको र खराव मात्रै भइरहेको प्रष्ट प्रमाण गणेशको आत्मदाहले दिएको छ । राज्यको चरम असफलताको प्रमाणका रुपमा आत्मदाहको घटनालाई लिइने गरिन्छ । आत्मदाहले सरकारको बैधानिकता समाप्ती र औचित्य पनि समाप्त हुने स्वयं प्रधानमन्त्री बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेले तीन बर्षअिघ नै बताइसकेका छन ।
दुवै जनाको त्यो निश्कर्षका आधारमा अव यो सरकारको बैधता पनि गणेश नेपालीको आत्मदाहले समाप्त पारेको छ । प्रेमप्रसादको आत्मदाहले २०८२ भदौं २३ र २४ मा पुर्यायो । गणेश नेपालीको आत्मदाहले बालेन सत्तालाई रसातलमा पुर्याउने पक्का छ । चुपचाप बसेर बिषयान्तर गर्ने प्रधानमन्त्री र सदनमा जवाफदेहीता होइन प्रश्नकर्ता बनेर जाने अनि आफ्नो अपराध लुकाउने उल्टै सांसद र नेपाली जनताको हुर्मत लिने गृहमन्त्रीको ब्यवहारले राम्रो संकेत गरिरहेको छैन । समय छँदै बाटो बदलेर गाडीलाई सही ट्रयाकमा ल्याउन जरुरी छ ।
लोकतन्त्रमा अधिनायकवाद बर्जिछ त । बालेनको अहिलेसम्मको शासन अस्वीकार्य छ, अबैध छ । बैधताका लागि कानूनको शासनतिर फर्कन जरुरी छ नकि अहिलेसम्म गरिएको कानूनमाथिको शासन । बालेन सरकारको १०५ दिनको काम जनताका लागि थिएन, होइन, छैन भन्ने तथ्य र बालेन सरकारको बैधता सकियो भन्ने यथार्थ त गणेश नेपालीको आत्मदाहले प्रष्टै पारिसकेको छ । अव केलव सच्चिनुबाहेकको बिकल्प छैन । नसच्चिए जनताका सामू सत्तामा रहनेहरू सधै हारेर भाग्नुपर्छ । कुन बाटो रोज्ने हो सत्तामा रहेकाहरूले अहिले नै चयन गरुन ।
दुवै जनाको त्यो निश्कर्षका आधारमा अव यो सरकारको बैधता पनि गणेश नेपालीको आत्मदाहले समाप्त पारेको छ । प्रेमप्रसादको आत्मदाहले २०८२ भदौं २३ र २४ मा पुर्यायो । गणेश नेपालीको आत्मदाहले बालेन सत्तालाई रसातलमा पुर्याउने पक्का छ । चुपचाप बसेर बिषयान्तर गर्ने प्रधानमन्त्री र सदनमा जवाफदेहीता होइन प्रश्नकर्ता बनेर जाने अनि आफ्नो अपराध लुकाउने उल्टै सांसद र नेपाली जनताको हुर्मत लिने गृहमन्त्रीको ब्यवहारले राम्रो संकेत गरिरहेको छैन । समय छँदै बाटो बदलेर गाडीलाई सही ट्रयाकमा ल्याउन जरुरी छ ।

गृहमन्त्री सुधन गुरुङले सदनको रोष्टममा उभिएर गरेको जस्तो नाटक अव पदमा बस्ने कसैले नगरुन । आफ्नो कर्तब्य पूरा गनरुन । सांसदका रुपमा सुधन गुरुङले सदनमा ब्यक्त बिचार शतप्रतिशत सही हो । भावनात्मक कुरा मानवमा हुन्छ । तर गृहमन्त्रीका रुपमा सुधनले संसदको रोष्टममा उभिएर दिएको अभिब्यक्ति शतप्रतिशत गलत छ । आपत्तिजनक पनि छ ।
पदीय मर्यादा भुलेर जवाफदेहिता होइन प्रश्नकर्ता बन्न बर्जित छ । जिम्मेवारी पूरा गर्नुपर्ने ओहदामा रहेका ब्यक्ति आफ्नो कर्तब्य पालना च्यूत हुने र दायित्व भुलेर भावनात्मक रुपमा ब्ल्याकमेलिङमा उत्रन्छ भन्ने बुझ्नुपर्छ उस्ले जानाजान गलत काम गरिरहेको छ ।
यस्तो गर्नु अपराध हो । सदनमा गृहमन्त्री सुधनको जवाफका नाममा आएको प्रश्न र आक्रोशले बालेन सरकार पुरै गैरजिम्मेवार छ, नालायक छ, मानवीयता हराइसकेको छ भन्ने प्रमाणपत्र मात्र दिएको छैन गणेश नेपालीको बलिदानमाथि चिसो पानी खन्याउने गम्भीर षडयन्त्रमा बालेन सरकार लागिसकेको छ भन्ने तथ्य पनि उजागर गरेको छ ।
आत्मदाह जस्तो राज्यको चरम असफलता र सत्तामा रहनेको चरम अयोग्यता ढाकछोप गर्न संसदको रोष्टममा आँसू देखाएर भावनात्मक रुपमा पीडितको साथमा छु भन्दै न्याय नदिने र आफ्नो अपराधपूर्ण काम अघि बढाउने कलाबिहीन नाकट गर्नु मानवताबिरुद्धकै अपराध हो । मानव मर्यादा पोलेर खाइसकेको बालेन सरकारले अव इफ बट नभनी अपराधको माध्यमबाट आतंक सिर्जना गर्ने बाटो बन्द गर्न जरुरी छ । अन्यथा गणेश नेपालीले सल्काएको आगोमा बालेन सरकारका सवै डढेर भस्म हुने दिन टाढा छैन ।













प्रतिक्रिया दिनुहोस्