जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २०:३३

नेपालकै कान्छो जिल्ला नवलपुरमा तिलक महत सर्वसम्मत, यस्ता छन संघ र प्रदेशमा सिफारिश


नवलपुर, भदौ १९ । कान्छो जिल्लाको रुपमा चिनिने नवलपुरबाट एमालेले दुवै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश क्षेत्रबाट आज उम्मेद्वार सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार संघीय निर्वाचन क्षेत्रको प्रदेश १ बाट दुईजना केन्द्रीय सदस्य सहित तीनजनालाई उम्मेद्वारका लागि सिफारिस गरिएको छ । जसमा केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी हुनुहुन्छ । यसैगरी नारायण प्रसाद तिमिल्सिना पनि यसै क्षेत्रबाट सिफारिस हुनुभएको छ ।

यस्तैगरी प्रदेश तर्फ १ को क निर्वाचन क्षेत्रमा गोपेन्द्रकेसरी नेउपाने,यमुनाथ आचार्य,षडानन्द लामिछाने,शिबहरी अधिकारी र पदम पौडेल सिफारिसमा पर्नु भएको छ ।

यस्तै १ को ख बाट रोशनबहादुर गाहा,जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, नारायण प्र तिमिल्सिना टंकनाथ गीरी, राम प्रसाद शर्मा, होमनाथ जैसी र कल्पना देवकोटा सिफारिसमा पर्नु भएको छ । यस्तैगरी संघीय क्षेत्र नं २ बाट तिलक महतको एकल नाम सिफारिस गरिएको छ । प्रदेश तर्फ २ को क मा केन्द्रीय लेखा आयोगकी सदस्य पद्मा जिसी सिफारिस हुनुभएको छ ।

अन्यमा सूर्य पाण्डे र मोहदत्त अधिकारीलाई पनि पार्टीले प्रत्यक्षतर्फ सिफारिस गरेको जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । यसैगरी २ को ख मा पद्मराज लम्साल,लक्ष्मण बहादुर पाण्डे,बाबुराम पाण्डे,कर्ण सुनारीको नाम सिफारिस गरिएको एमाले नवलपुरले जनाएको छ ।