जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १४:५१

इटालीमा निर्वाचन : दक्षिणपन्थी नेतृ मेलोनी नयाँ प्रधानमन्त्री बन्ने अनुमान


रोम, ९ असोज । इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने धुनमा छ ।

यस पार्टीले दक्षिणपन्थी अन्य दुई पार्टीहरूसँग गठबन्धन गरेको छ । उहाँले आफ्नो छवि नरम पार्नुभएको छ र इटालीको फासिस्ट विगतसँग जोडिएकोमा आपत्ति जनाउनुभएको छ । उहाँ रुसमाथि पश्चिमी प्रतिबन्धको समर्थन गर्दै आउनुभएको छ ।

निर्वाचन जारी छ । निर्वाचन सम्पन्न भएपछि हुने एक्जिट पुल्सअघि नै मेलोनी नयाँ प्रधानमन्त्री हुने अनुमान गरिन थालेको छ । राजधानी रोमबाट एकघन्टा टाढा रहेको लाटिना सहरमा दक्षिणपन्थीले बामपन्थीको मत ल्याउने पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।