धनगढी, २३ असोज । नेपाली कांग्रेसका दुई नेताले कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली–५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
दुई नेताले कैलाली–५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको छ । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ । कैलाली–५ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार हुनुहुन्छ ।
४ मंसिरमा हुने चुनावमा कैलाली–५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाउनुभएको छ । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली–५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्