मुम्बई, ३ कात्तिक । भारतमा धूमधामका साथ दिपावली (दिवाली) मनाइन्छ । हरेक वर्षझैं यो वर्ष पनि धूमधामका साथ दिपावली मनाउने तयारी भइरहेको छ । मानिसहरू बजारदेखि घरमा पनि बिजुली जोडेर उज्यालो बनाइरहेका छन् । दिवालीमा अधिकांशले पटाका पनि पड्काउँछन् । बलिउडका केही सेलिब्रेटी छन्, जो पटाकादेखि टाढा हुन्छन् ।
प्रियंका चोपडा
यो सूचीमा पहिलो स्थानमा अभिनेत्री प्रियंका चोपडा पर्नुहुन्छ । उहाँलाई अस्थमाको समस्या छ र पटाकाबाट निस्कने धुँवाले श्वास लिन समस्या हुन्छ । यो कुराको जानकारी उहाँले एक अन्तवार्तामा दिनुभएको थियो । तर लगत्तै उहाँले सिगरेट पिउँदै गरेको एक तस्बिर भाइरल भएपछि उहाँ ट्रोल बन्नुभएको थियो ।
आलिया भट्ट
अभिनेत्री आलिया पनि पटाका विरोधी अभिनेत्रीमा पर्नुहुन्छ । उहाँ हरेक वर्ष दिवालीमा पटाका नपड्काउन आह्वान गर्नुहुन्छ ।
अनुष्का शर्मा
अभिनेत्री अनुष्का दीप, मिठाईका साथ दिवाली मनाउन मन पराउँनुहुन्छ । गत वर्ष जब क्रिकेटर पति विराट कोहलीले दिवालीमा पटाका नपड्काउन अपिल गर्नुभएको थियो तर मानिसले क्रिकेटरसँगै अभिनेत्रीबीच विभेद छुट्याएका थिए ।
सोनम कपूर
अभिनेत्री सोनम पनि पटाका पड्काउन मन पराउँनुहुँदैन । पटाकाले मानिससँगै जनावरलाई पनि असर गर्ने भएकाले नपड्काउन उहाँको अपिल आउने गर्छ ।
आमिर खान
आमिरले एक विज्ञापनमार्फत पटाका नपड्काउन अपिल गर्नुभएको थियो । यो अपिलपछि उहाँलाई ट्रोल बनाइएको थियो ।
अजय देवगन
अभिनेता अजय पटाका पड्काउन मन पराउँदैनन् । पटाकाले वायु प्रदूषणसँगै जनावरलाई पनि असर पर्ने उहाँको मान्यता छ ।
नेहा धूपिया
अभिनेत्री नेहाले पर्यावरण बचाउन गत वर्ष आममानिसलाई पटका नपड्काउन अपिल गर्नुभएको थियो । उहाँले पटाकालाई पर्यावरणसँगै बालबच्चामा पनि असर पर्ने दाबी गर्नुभएको थियो ।
हर्षवर्द्धन कपूर
अभिनेता अनिल कपूरका छोरा हर्षवर्द्धनले एक ट्विटमार्फत दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए । तर अपिल गरेको केही समयमै ट्विट हटाउनुभएको थियो । किनकि उहाँका फ्यानले अनिल कपूरले पटाका पड्काउँदै गरेको तस्बिर उहाँको सामाजिक सञ्जाल एकाउन्टमा पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्