जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १३:३६

शिक्षकको कुटपिटपछि ६ कक्षामा अध्ययनरत बालिकाले गरिन आत्महत्या


सिन्धुली, कात्तिक २२ । सुनकोशी गाउँपालिका वडा नं. ७ अमारेस्थित ग्रामकाली माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययारत १३ वर्षीया वालिका गोमा विकले आत्महत्या गरेकी छन । बिकले विद्यालयबाट घर आइपुगेर आत्महत्या गरेकी छन् ।

घटना स्थलबाट मृतक वालिकाको शब सिन्धुली सिन्धुली जिल्ला अस्पतालतर्फ ल्याईदै छ । कार्तिक २१ गते विद्यालयबाट घर फर्केर आएकी गोमाले स्कूल ड्रेस खोलेर घरमैं आत्महत्या गरेपछि विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले कक्षा कोठामा कुटपीट गरेको तथ्य बाहिर आएको छ ।

विपन्न परिवारकी गोमासहित करिव ४ जनालाई पढाइएको क्रममा शिक्षक दाहालले कुटपीट गरेका थिए । विद्यालय शिक्षक दाहालले कुटपीट गरेकै कारण त्रसित बनेकी गोमाले घरमा पुगेर आत्महत्या गरेको उनका सहकर्मीहरुलाई उद्यृत गर्दै बिबरणहरु वाहिर आएका छन् ।

कुटपीटमा संलग्न भएका भनिएका शिक्षक नेकपा माओवादी सिन्धुली जिल्ला इन्चार्ज एवं निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्य उमेदवार राजन दाहालका सहोदर काइँलो भाई हुन । नेता दाहालको दबाबमा उक्त घटनालाई ढाकछोप गर्न स्थानीय प्रहरी प्रशासन लागिरहेको देखिएको छ ।