जनता टाइम्स

३ मंसिर २०७९, शनिबार १६:०३

गौतम उपाध्यक्षमा मनोनित


काठमाडौं, ३ मंसिर । टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् । गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुन् ।