जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १६:५५

ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको ३५ मतको अग्रता


काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै उहाँले प्रारम्भिक अग्रता लिनुभएको छ ।

हालसम्म ९०० मतको गणना सकिँदा पौडेलले २७२ मत ल्याउनु भएको छ । पोखरेलको २३७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८२ र राप्रपाका उम्मेदवारको ३४ मत ल्याएका छन् ।