काठमाडौं, ५ पुस । प्रतिनिधिसभाको सिट संख्याको आधारमा पहिलो बनेको नेपाली काँग्रेसमा संसदीय दलको नेता चयनका लागि मनोनयन पत्र दर्ता भएको छ । संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका गगन थााले कडा टक्कर दिने भएका छन् । गगन समूहले आफूहरूलाई सात सांसदको मात्र अपुग भएको बताएको छ ।
डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि गगन–शेखर समूहको भेला (हिजो) सोमबार बसेको थियो । सोमबारको बैठक बिनानिष्कर्ष टुंगिए पनि आज (मंगलबार) पुनः बैठक बस्दा शेखरले संसदीय दलको नेता र भावी प्रधानमन्त्रीमा समर्थन गरेकाले गुटमा एक मात्र उम्मेदबार छान्न सफल भएको हो ।
संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नु छुट्टै कुरा हो तर, जित्नका लागि भने देउवा समूह नै भारी भएको काँग्रेसकै नेताहरू बताउनुहुन्छ । गुटको भेलामा ३८ सांसद्को उपस्थिति रहेकाले गगन थापा भने हौसिनु भएको छ । दलको नेताको चुनाव जित्नका लागि ४५ सांसदको मतको आवश्कता हुन्छ । गगनलाई आफ्ना ३८ जोगाएर देउवा पक्षका ७ साँसद्को मत थप्नु पर्ने चुनौती थपिएको छ ।
नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रतक्ष्य र समानुपातिक गरेर ८९ सांसद् छन् । उहाँ ८९ जना नै संसदीय दलको नेताका मतदाता हुनुहुन्छ । सोझासोझी हिसावमा भन्ने हो भने शेरबहादुर देउवाको बहुमत छ संसदीय दलमा । तर, गगन –शेखरको भेलामा ३८ सांसद उपस्थित हुनुलाई देउवा पक्षले आश्चार्यको रुपमा लिएको छ । जे होस् गगन र देउवाको भीडन्त पक्का भएको संसदीय दलको नेता पदमा जित जसले हात पारे पनि प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्