जनता टाइम्स

९ पुष २०७९, शनिबार १३:४३

टी–ट्वान्टी लिगको पहिलो खेलमा काठमाडौं नाइट्सको विजयी सुरुआत


काठमाडौं, ९ पुस । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी(ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।

पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाए ।

काठमाडौका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो।

काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले ।

यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए ।

यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २र२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।