काठमाडौं, पुस १९ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका प्रधानमन्त्रीका विदेश मामिला सम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीबीच सोमबार भेटवार्ता भएको छ । राजदूत तापस अधिकारी फातेमीलाई भेट्न इस्लामावादस्थित कार्यालयमा पुग्नुभएको थियो ।
भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमका बारेमा छलफल भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ ।
‘हामीले दक्षिण एसियामा क्षेत्रीय सहयोग र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न सार्कको विकासका बारेमा पनि छलफल गर्यौं,’ राजदूत अधिकारीले ट्विटमार्फत भन्नुभएको छ । ।













प्रतिक्रिया दिनुहोस्