जनता टाइम्स

२ माघ २०७९, सोमबार १७:२९

नोभाक जोकोभिचलाई यस वर्षको पहिलो उपाधि, नाडालको बराबरी पुगे


एजेन्सी, २ माघ । चोटका बाबजुद पनि सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाका सेबास्टियन कोर्डालाई ६–७, ७–६, ६–४ ले पराजित गर्दै एडिलेड अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । शीर्ष वरियताका जोकोभिच डेनिल मेदभेदेवविरुद्धको सेमिफाइनल खेलमा घाइते भएका थिए ।
यसका बाबजुद उनले तीन घण्टाभन्दा बढी समय चलेको म्याराथन फाइनल खेलेर उपाधि जितेका थिए ।

यो जोकोभिचको करियरको ९२ औं एकल उपाधि हो। ३५ वर्षीय सर्बियाली अब राफेल नाडालसँग ओपन एरामा सबैभन्दा धेरै पुरुष एकल उपाधि जित्ने सूचीमा चौथो स्थानमा छ, जिमी कोनर्स (१०९), रोजर फेडेरर (१०३) र इभान लेन्डल (९४) पछि उनी छन् । उनले सन् २०१९ को सुरुदेखि नै अस्ट्रेलियामा लगातार ३४ खेल जितेका छन् ।

एडिलेडमा उनको यो दोस्रो उपाधि हो । यसअघि सन् २००७ मा १९ वर्षको उमेरमा उनले उपाधि जितेका थिए । यसअघि महिला खण्डमा दोस्रो वरियताकी एरिना साबालेन्काले क्वालिफायर लिन्डा नोस्कोभालाई सोझो सेटमा पराजित गर्दै आफ्नो ११ औं डब्ल्यूटीए टुर एकल उपाधि र झण्डै दुई वर्षमा पहिलो एकल उपाधि जितिन् ।

साबालेन्काले १८ वर्षीया नोस्कोभालाई ६–२, ७–६ ले पराजित गर्दै तेस्रो वरियताकी डारिया कासात्किना र पूर्व अस्ट्रेलियन ओपन च्याम्पियन भिक्टोरिया अजारेन्कालाई डब्लुटिए लेभलको पहिलो फाइनलमा हराइन् । साबालेन्काले उपाधि जित्दा पूरै प्रतियोगितामा एक सेट पनि हारिनन् ।

‘यो अचम्मको साता भएको छ र तपाईहरुले यसलाई अझ विशेष बनाउनुभएको छ,’ जोकोभिचले ट्रफी समारोहमा भने । पक्कै पनि यहाँ उभिनु मेरो लागि राम्रो अवसर हो । ट्रफी जित्नको लागि मैले आज र साताभर मिहिनेत गरेको छु। पछिल्ला १० दिनमा मैले पाएको समर्थन जुन मैले मेरो जीवनमा धेरै पटक अनुभव गरेको छु जस्तो लाग्दैन, त्यसैले सबैलाई धेरै धेरै धन्यवाद।