जनता टाइम्स

५ माघ २०७९, बिहीबार ०७:४३

यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा इन्द्र सुनार


काठमाडौं, ५ माघ । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू(२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई ९यूनानिमस० ५ः० अंकको आधारमा हराएका हुन् । जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा ९८६ केजी० र महिला खेलाडी त्रिशा जवेगु ९७५ केजी० सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।