जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १३:३७

केन्द्रीय क्याम्पस कीर्तिपरमा नेबिसंघभित्र बिद्रोह, स्वबियू चुनावमा बन्यो छुट्टै प्यानल


काठमाडौं, फागुन २८ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेबिसंघभित्र बिद्रोह भएको छ ।

गुटको आधारमा टीकट बाँडेपछि अध्ययनशील बिद्यार्थीहरुले बिद्रोह गरी नेपाल स्वतन्त्र विद्यार्थी समाजको नाममा छुट्टै प्यानल बनाएर स्वबियूमा उम्मेदवारी दिएका हुन ।

सो संगठनले मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलालाई सभापतिमा उम्मेदवार बनाएको छ । त्यस्तै सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सो प्यानलबाट सदस्यमा जीनराज ढुंगाना,रमेश ऐरी,इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार हुनुहुन्छ । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता उम्मेदवारी दर्ताअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय रहेका थिए । त्रिविमा अनेरास्ववियुले प्रकाश विष्टको नेतृत्वमा प्यानल खडा गरेको छ ।