काठमाडौं, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराति राष्ट्रपति पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएको छ ।
आज प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पेटको दुखाइका कारण राष्ट्रपति पौडेललाई शनिबार अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्