तनहुँ, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको आज मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
तनहुँ–१ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उहाँको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।













प्रतिक्रिया दिनुहोस्