जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १६:१४

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल


काठमाडौं, २२ चैत । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुभएको छ । गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराउनुभएको राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि आज डिस्चार्ज गरिएको हो । राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल निवास जानुभएको छ ।