जनता टाइम्स

२ बैशाख २०८०, शनिबार १४:३१

कैलालीमा एक गोठमा आगलागी


धनगढी, २ वैशाख । कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो । आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन् ।

शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ ।