जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार ०९:०५

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुंगो


काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै हुनुहुन्छ ।

नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युबिज्ञान अस्पतालमा ९एम्स अस्पताल०मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लाग्नुभएको हो ।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोली (आइतबार)सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।

छात्तिमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उहाँ उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो।

गत बैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली जानुभएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लाग्नुभएको हो । छात्तिमा समस्या देखा परे पछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।