जनता टाइम्स

१९ बैशाख २०८०, मंगलवार १४:५७

रबि लामिछानेको प्रधानमन्त्रीसँग आग्रह– एसिया कपका खेल नेपालमा खेलाउन पहल गर्नुहोस


काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाउनुभएको छ ।

एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय भएकोमा बधाई दिर्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पहल गर्नुपर्ने जनाउनुभएको हो ।

‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भन्नुभएको छ , ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस्। नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’

नेपालले आज युइईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको बिजेता बनेको थियो ।