जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १२:१५

आयुब र रुपेशलाई स्वर्ण


काठमाडौं, २६ बैशाख । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।

भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उहाँहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाउनुभएको छ । विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जित्नु भएको हो ।

खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका वडा ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।