काठमाडौं, २६ वैशाख । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहने भएको छ ।
सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
सिनियर ब्वाइज टिमलाई ८ समूह तथा बाँकी समूहका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजको खेल भने थ्री बाइ थ्री फर्मेटमा हुनेछ ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने बीएनएका को–ओर्डिनेटर सन्तोष फुयाँलले बताउनुभयो । खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।
प्रतिक्रिया दिनुहोस्