जनता टाइम्स

१० जेष्ठ २०८०, बुधबार ०६:०२

तेक्वान्दोमा काठमाडौं टिम च्याम्पियन


हेटौडा, १० जेठ । काठमाडौं दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ । काठमाडौं ८ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

हुप्राचौरमा भएको प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ नुवाकोट दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिताको पुरुषमा नुवाकोटका धनबहादुर तामाङ तथा महिलामा सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।