काठमाडौं, असार ६ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपरारत राष्ट्रपति पौडेलको मुटुको चाल कम हुन थालेपछि मंगलबार स्थायी पेस मेकर राखिएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मणि गजुरेलले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू यस सेन्टरमा २०८०।०३।०२ गतेदेखि उपचाररत् हुनु हुन्छ। ७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।













प्रतिक्रिया दिनुहोस्