काठमाडौं, असार १३ । मुलुकभरका सात ठुला सरकारी अस्पतालमा गरी अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने ब्यवस्था भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आजसम्ममा उपत्यकामा यति संख्यामा बिरामीलाई बेड निःशुल्क गराउनु भएको हो । मन्त्री बस्नेतको सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार अभियानअन्तर्गत निःशुल्क बेड उपलब्ध गराउन थालिएको हो ।
स्वास्थ्य मन्त्री बस्नेतले सरकारी अस्पतालमा बिपन्नले बेड नै नपाउने र शुल्क लिने कामले कमजोर आर्थिक अवस्था भएकाहरुले उपचार गर्न नसक्ने भन्दै निशुल्क बेडको अवधारणा ल्याउनु भएको हो । यो योजनाहनुसार जनरल बेड निःशुल्क हुनेछ भने क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क तिनुपर्ने छ । निःशुल्क उपचार पाउन स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्री बस्नेतले यो अभियानलाई देशका सवै सरकारी अस्पतालमा बिस्तार गर्ने बताउनु भयो । ‘सरकारी अस्पतालमा जनरल बेड निशुल्क गराउने अभियान नै चलाइएको छ, अव देशभरका सरकारी अस्पतालमा यो ब्यवस्था गर्ने गरी काअ घि बढाइएको छ,’ जनताटाइम्स डटकमको जिज्ञासामा स्वास्थ्यमन्त्री बस्नेतले भन्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा मौलाएको बिकृतिलाई जरैबाट अन्त्य गर्ने अठोट पनि गर्नुभएको छ ।
कुन अस्पतालमा कति बेड निःशुल्क ?
वीर अस्पताल-७००
कान्ति बाल अस्पताल-२४८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमा-६०
परोपकार प्रसूति गृह-४५०
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र-९०
राष्ट्रिय ट्रमा सेन्टर-१५०
कोसी अस्पताल -३३०













प्रतिक्रिया दिनुहोस्