धनगढी, २२ असार । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् ।
कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ । अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्