धनगढी, २४ असार । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ बसपार्क (अत्तरिया) बाट १९० मिलीग्राम लागूऔषधसहित सोही ठाँउका २१ वर्षीय पारस वली पक्राउ परेका हुन् ।
उनलाई आज दिउँसो पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्