जनता टाइम्स

१ श्रावण २०८०, सोमबार १६:४२

शैक्षिक गुणस्तर सुधारका लागि सामूदायिक बिद्यालयका शिक्षकले गर्नैपर्ने काम


मैले विद्यार्थीलाई कक्षामा दिएको भाषण बेलुका सुत्ने बेलामा मन्थन गरेर, विश्लेषण गरे अनि आफूलाई नम्बर एक चुतिया पाएँ । मलाई महसुुस भयो । त्यो तरिका वास्तवमा ठिक रैनछ । मलाई पश्चाताप पनि लाग्यो विद्यार्थीसँग पिरियड भरि पढाउन छाडी–छाडी तेत्रो लेक्चर दिएकोमा ।

युवराज शाही

एउटा विद्यार्थीलाई एक थप्पड गालामा हान्दै भनें “तलाई  डिसिप्लेन (अनुशासन) भन्ने थाहा छैन ।” उसको कुनै गल्तीमा मैले उसको गालामा हानेको थिएँ । त्यस्तै एकदिन अर्को विद्यार्थीले कक्षामा बुक नलिई आएछ, अर्को विद्यार्थीले लेख्ने कलम नलिई आएछ । मलाई झनक्क रिस उठ्यो । अनि मैले तिनीहरुलाई चिच्याएर थकाएँ “तिमीहको बुक, कलम, कापी मैले ल्याइदिने हो ? यो जिम्मेवारी कसको हो ?” अनि अरु थप्दै भनें “ड्रेस लगाएर आड, नङ्ग काट, सरसफाई गर” तिमीहरुलाई सधै भन्नुपर्छ । “यो तिमीहरुको आफ्नो कर्तव्य होइन ?”
मलाई त्यो दिन अलि रिस उठेर आयो र मलाई पढाउने मुड नै भएन अनि पुरै पिरियड भरि विद्यार्थीलाई अनुशासन, कर्तव्य तथा जिम्मेवारीको लेक्चर दिएँ । पढाइन त्यस दिन विद्यार्थीहरु चुपचाप मेरो कुरा सुनिरहे । यो घटना कक्षा ८ को थियो । यो कुरा इन्टरभलमा हेडसर लगायत अरु–अरु सरहरु माझ पनि शेयर गरें । कोही सरहरुले त्यति वास्ता गर्नु भएन । हेडसरले मलाई सान्तोना दि“दै भन्नुभयो, “के भए के भए आजकालका केटाकेटी, भनेर त † एक छेउ लाग्ने होइन ।
त्यस्तै एक दिन छैंटो पिरियडमा कक्षा ९ मा छिरे । कक्षा ९ मा मैले पढाउने विषय शिक्षा थियो । ५ मिनेट ढिला गरी कक्षामा जा“दा समेत अभैm ८/१० जना विद्यार्थी बाहिरै थिए । मलाई फेरि रिस उठ्यो “तिमीहरु टाइममै कक्षामा आउनु पर्छ भन्ने थाहा छैन ? झर्किएर कराएँ । त्यहीबेला एउटी छात्राले मलाई कम्प्लेन गर्दै भनिन, “सर कसले हाम्रो डेक्समा “स्मृती+अजय” लेखेको छ । कसले लेखेको हो यो ह ” ? सबै सामु प्रश्न तेर्साएँ तर चोरले म चोर हु“ त कहा“ भन्ने थियो र कोही बोलेनन । मेरो आँखा पुनः कक्षाको भित्तामा गए, भित्तै भरि पानको पात, I Love You, मान्छेको चित्र पुरै केरकार थियो । फेरि मलाई सन्का चढ्यो र कराए, “तिमीहरुलाई बुवाआमाले यही संस्कार सिकाएका थिए । हेर भित्ताभरी नानाथरी केरमेर गरेर, कक्षा हेर फोहोर, हेर यिनीहरुको पहिरन † यस्तै–यस्तै गरी फेरि यो दिन पनि यो कक्षा नपढाई पुरै पिरियड भरि संस्कारको बारेमा विद्यार्थीलाई लेक्चर दिए । “संस्कार भनेको यस्तो चिज हो जसले मानिसलाई राम्रो परिचय दिने मात्र होइन, अनुशासित बनाउदछ, अनुशासित हुँदा मान्छे सकल हुन्छ, सबैको प्यारो हुन्छ, सबैले विश्वास गर्दछन, त्यसैले हामीले प्रदर्शन गर्ने बानी व्यवहारले उसको घरको संस्कार बताउ“दछ, तिमीहरुको व्यवहारले तिमीहरुको घरको संस्कार प्रति बिम्वित गरेको हुन्छ । …..”
सबै विद्यार्थीहरु चुपचाप ट्वा“ परेर मेरो कुरा सुने । तर एउटा विद्यार्थी मुसुक्क हाँस्यो । मलाई उसलाई देख्दा झनक्क रिस उठ्यो । मैले उसलाई उठाएर प्रश्न गरे, त“ किन हाँसिस ? उसले जवाफ दियो । “मलाई हजुरको कुरा अति मन पर्यो सर, त्यसैले खुसि लागेर हाँसेको” अझ बढी बोल्छस चुप लागेर बस † भन्दै म कक्षाबाट बाहिरिए“ । फेरि सुरु भयो विद्यार्थीको कक्षामा चकचक, बगबग र कोलाहाल । मलाई विद्यार्थीस“ग रिसाउनु परेकाले मुड फ्रेस थिएन । मैले विद्यार्थीलाई कक्षामा दिएको भाषण बेलुका सुत्ने बेलामा मन्थन गरेर, विश्लेषण गरे अनि आफूलाई नम्बर एक चुतिया पाएँ । मलाई महसुुस भयो । त्यो तरिका वास्तवमा ठिक रैनछ । मलाई पश्चाताप पनि लाग्यो विद्यार्थीसँग पिरियड भरि पढाउन छाडी–छाडी तेत्रो लेक्चर दिएकोमा ।
हामी विद्यार्थीलाई पाठ्यक्रमले निर्दिष्ट गरीदिएको कोर्स कन्टेन्ट पुरै घोकाउन सक्यौं, विद्यार्थीले बुकमा भएको कुरा राम्रोस“ग जान्न सके भने सिकाई सफल मान्दछौं । पाठ्यक्रमले निर्दिष्ट गरेको पुरै Course Content विद्यार्थीलाई जान्ने गराउने यो कुरा पनि ठिकै होला । तर मलाई हाम्रो Context मा हाम्रा विद्यार्थीहरुलाई पहिला संस्कार र व्यवहार सिकाउनु अपरिहार्य हो जस्तो लाग्दछ । शिक्षक होस, विद्यार्थी होस या अभिभावक हामी सबै System र संस्कारमा एकदमै चुकेका छौ जस्तो लाग्दछ । जसले गर्दा हाम्रो विद्यालय प्रणालीमा समय–समयमा ठूला–ठूला समस्याहरु र असफलताहरु निम्ति रहन्छन ।
सन्दर्भ, मैले हालसम्म पाँच ओटा ग्रामिण भेगका स्कूल पढाइसकें । मैले पढाएका पा“च ओटै स्कुलमा कक्षाहरुमा बेन्च डेक्सको स्टक्चर (Structure) आरामदायी (Confortable) विद्यार्थी मैत्री थिएनन । ८/१० इन्चमात्र चौडा (चाख्ला) साइजका फल्याक राखेर फलामको स्ट्याण्डमा फिट गरीएको बेन्च डेक्स विद्यार्जी त्यही डेक्समाथि झोला कन्जस्टेड तारिकाले राखेर पढिराछन् । बेन्च डेक्समा झोला राख्नलाई हुँदै अर्को खाना छैन । दिनमा एउटा विद्यार्थीको झोला कम्तिमा १/२ पटक भूँइमा खस्याछ । विद्यार्थीलाई झोला कक्षा कोठाका भुँइका ढलानहरु फुटेका छन, उक्केका छन, खाल्डा खुल्डी परेका छन । ती खाल्डा खुल्डीबाट बालुवा निस्केर धुलैधुलो भएको छ ।
एक पटक मैले यस विषयमा हेडसरलाई दवावका साथ कुरो नउठाएको पनि होइन । हेडसरले त्यसमा जवाफ दिए, “वि.व्य.स. अध्यक्षले राम्रो सँग नहेर्दा ठेकेदारले कमसल सिमेन्ट प्रयोग गरेर यो हाल भयो आज । ” अब फेरि यसलार्य मर्मत गर्न वि.व्य.स. को निर्णय चाहिन्छ । मैले हेडसरलाई चुनौती दिँदै पनि भने “म मेरो पैसाले सिमेन्ट र बालुवा ल्याएर एउटा शनिबार भुँइको खाल्डाखुल्डी पुर्छु मलाई स्वीकृति दिनुहोस । किन समितिकै निर्णय पर्खनु पर्यो ? “भयो सर यस समस्यालाई छिट्टै समाधान गरौंला” भन्दै हेडसरले मलाई सान्त्वना दिनुभयो ।
अर्कोतिर कक्षाका भित्तहरु ४/५ वर्षदेखि पोतिएका छैनन् । भित्तै भरि विद्यार्थीले नानाथरि केरमेर गरेका छन् । भित्ताको कुनाकुनामा माकुराको जालो छ । भित्तो चर्केको छ, प्वाल परेको छ । झ्यालका पल्ला उक्केका छन् । ढोकामा कब्जा हुण्डा फुस्किएको छ । भनौं कक्षाकोठा भित्रको सबै वातावरण रफ छ । त्यही रफ कक्षाकोठाको अगाडि बोर्डनिर उभिएर शिक्षकहरु विद्यार्थीलाई घुक्र्याउँदै भन्नुहुन्छ, तिमीहरुको अनुशासन छैन, संस्कार छैन ।
१०/१२ वर्ष अगाडि देखिका बेन्च, डेक्समा किला ठोकी ठोकी अड्याएर विद्यार्थी बसेका छन् । मैले यस सन्दर्भमा विद्यालयमा सवाल नउठाएको पनि होइन । कक्षा कोठाभित्र सुविधायुक्त बेन्च डेक्स व्यवस्थापन तथा भित्तामा रङ्गरोगन गर्न त्यति ठूलो खर्च र चुनौतिको विषय होइन । हामीले यसलाई सामान्य मानेर व्यवास्ता गर्दा कक्षाकोठाको रफ Environment ले शिक्षक तथा विद्यार्थीमा नकरात्मक Impact पर्छ । यस वास्तुदोषले नकरात्मक भावना पैदा गराउँदछ । रफ कक्षाकोठामा विद्यार्थीको अनुशासित आचरण/व्यवहारको परिकल्पना गर्न सकिदैन, कक्षा कोठाको रफ Environment मा एउटा टिचरले विद्यार्थीको अगाडि उभिएर तिमीहरु Decipline मा रहनुपर्छ भन्ने, हैसियत पुग्दैन । कक्षा ६ देखि कक्षा १० सम्म यि ५ कोठामा डेकोरेट गर्न ठूलो लगानी र समस्या पनि हुँदैन । श्रोत नपुग्ने हुँदैन । विद्यार्थी पनि खुसि हुन्छन् । यसो गरौं हेडसर भनेर मैले हेडसरलाई प्रस्ताव पनि राखेको थिए“ ।
सवाल गरौं कक्षाकोठा भन्दा पनि बाहिरको स्थिति त कक्षाकोठा भन्दा बाहिर पनि उस्तै हो । ट्वाइलेटको ढोका छैन । कब्जा फुस्किएको छ । फिल्डभरि कागज र काठका टुक्रा छन् । फिल्डको एक छेउमा डस्विन छैन । स्कुलमा एउटा गतिलो गार्डेन छैन । भनौं भने ९० प्रतिशत नेपालको सरकारी विद्यालयमा एउटा गतिलो गमला छैन । केही कार्यक्रम गर्दा एक थुँङ्गा फुल खोज्न गाउ पस्नु पर्दछ । तर बिडम्बना बोर्डिङ्ग स्कुलको १०० प्रतिशत विद्यालयमा गमलामा फुल सजिएका हुन्छ । How it is possible in boarding school and is not in government school ?  यो पनि एक सोचनिय प्रश्न भएको छ । तसर्थ, पहिलो विद्यालय प्रशासनले विद्यार्थीलाई Scilence रुपमा सिकाउने संस्कार भनेको Create Positive Environment in school throught the well managed infrastructure.
समाधान कसरी त ?
यसको लागि प्रवलिकरण (Retrofitting) को अवधारणा स्कुलमा पनि लागु गर्ने । यो भनेको के भने /४ महिनामा विद्यालयको झ्याल, ढोका, बेन्च डेक्सको स्थिति जा“च गरी त्यस्तो केही टुटेफुटेको भए सुधार गर्ने । त्यसको लागि शैक्षिक सत्रको सुरुमै यस कार्यक्रमलार्य वार्षिक कार्य तालिकामा समावेश गरी अनुमानित बजेट समेत व्यवसथापन गर्ने ।
अनुशासनः अब अर्को सन्दर्भ जोडौं । कतिपय विद्यालयमा परम्परागत शैलीको शिक्षण अहिलेको ठूलो चुनौति छ । विद्यार्थीहरु इन्टरनेट, युट्युव, इ–लर्निङ्ग आदिको पहु“चमा छन् । इन्टरनेटको Dynamic Menuplation मा अभ्यस्त हालको Generation का विद्यार्थी कक्षाकोठामा टिचरको व्याख्यान विधि र प्रवचन विधि एकदम पट्यार लाग्दो छ । सरले पढाएको कुराले उनीहरुको मननै हुन सरुक्दैन । छिट्टै नतिजा चाहिने, छोटो तरिका चाहिने चाख लाग्दो Method चाहिने हालका विद्यार्थीहरु सामु शिक्षकहरु चुकिरहनु परेको छ । शिक्षक भन्दा कैयौं गुणा Intellegence भएको छ Internet/ Multimedia जसले गर्दा शिक्षकले सम्झाउँदै, सिकाउँदै दिने अर्थिउपदेश, निर्देशन, लेक्चर, भाषाण विद्यार्थीहरुलाई चुट्किला लाग्न थालेको छ ।
यस्तो विषम परिस्थितिको समयमा अझ हामी सामुदायिक विद्यालयका शिक्षकको उही बानी राजनीतिक पहुँच खडा गर्ने, विद्यालयमा खुरापाती गर्ने, सहकर्मी शिक्षकको विकनेस खोज्ने, शिक्षकका नराम्रा विकनेस कुरा विद्यार्थीलाई भन्ने, विद्यार्थीलाई आङ्खनो अनुकुलमा राख्ने उच्काउने, एउटा शिक्षकले अर्को शिक्षकलाई तल पार्ने, झुट बोल्ने, काम गर्न अल्छी गर्ने प्रवृति हावी छ । हामी विद्यार्थीलाई झुट बोल्नु हुँदैन, Decipline मा रहनु पर्छ भनेर सिकाउने अर्कै विद्यार्थीका सामु सयौं झुट बोलि रहेका हुन्छौं । नहुँदो स्मार्टनेस देखाउन खोज्दछौं । विद्यार्थीहरु “तिमीहरु साथी–साथी मिलेर पढ्नु पर्छ, बस्नु पर्छ, खेल्नुपर्छ, झगडा कहिल्यै गर्नुहुँदैन” भन्ने हामी आफै शिक्षक स्टाफ विचमा कति ठूलो झगडा हुन्छ, कति ठूलो बेमेल हुन्छ, एउटा शिक्षकको अर्को शिक्षकस“ग कुकुर बिरालोको झैं सम्बन्ध हुन्छ । सहकर्मी शिक्षक साथी सँगको इगो र रिस मनमा पकाएर राखेका हुन्छौ तर विद्यार्थीलाई आदर्श छाड्दै भन्छौ इगो लिनु हुँदैन । अतः भनौ भने नेपालका धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीलाई गैर अनुशासित बनाउने Decipline Out गराउने Role Model शिक्षक आपैm भैराखेका हुन्छौं ।
विद्यार्थीलाई अनुशासित हुन सिकाउने उपाय के त ?
अनुशासित हुने Role Model पहिला शिक्षक आफै हुने । विद्यार्थीको अगाडि एउटा शिक्षकले अर्को शिक्षकको कुरा नकाट्ने बरु राम्रा कुरा गर्ने, विद्यार्थीलाई आङ्खनो शक्तिको स्रोत नबनाउने बरु आङ्खनै क्षमताको विकास गर्ने । शिक्षकहरु मिलेर करेसाबारी बनाउने, पिकनिक जाने, Grouping Work गर्ने पालो–पालो गरेर शिक्षकको घर–घरमा कार्यक्रमको आयोजना गरी भेटघाट गर्ने । झुट कहिल्यै बनोल्ने । विद्यार्थीको नजरमा शिक्षकहरु अति मिलेका भन्ने भ्रम पैदा गराइदिने । सरसफाइमा अति ध्यान पुर्याउने । शिक्षकका गल्ति कमि कमजोरीहरु कहिल्यै बाहिर नल्याउने विद्यार्थीलाई थाहा नदिने । यस्ता कार्यक्रमको प्याकेज पनि वार्षिक कार्यतालिकामै सेट गर्ने ।
कर्तव्य तथा जिम्मेवारीः
एउटा विद्यार्थी भएको नाताले उसको कर्तव्य तथा जिम्मेवारी के–के होलान ? कुनै शिक्षकलाई यो प्रश्न तेर्साउने हो भने यति लामो एक पानाको लिस्ट खडा हुन्छ । त्यस्तो शिक्षकको पनि कर्तव्य तथा जिम्मेवारी के–के हुन सम्लान त ? आधुनिक शिक्षक बन्न साँच्चिकै  धेरै चुनौति छ । आधुनिक शिक्षकका कर्तव्य तथा जिम्मेवारी उतिनै थपिएका छन् । विद्यार्थीलाई होमओर्क पुरा गर भनिरह“दा शिक्षकले पनि रोचक तरिकाले कक्षा सञ्चालन गर्ने, शैक्षिक सामाग्रीको जोहो गर्ने, खोज गर्ने, संकलन गर्ने र प्रतिवेदन तयार गर्ने । शिक्षक भएको नाताले विद्यार्थीको सिकाई उपलब्धीको रेकर्ड तयार पार्ने, अपडेट गर्ने, समयमै विद्यालय प्रवेश गर्ने, उपयुक्त गेटअपमा विद्यालय आउने, आङ्खना कमजोरीहरु नदेखाउने, रिसलाई कन्ट्रोल गरेर सम्यम रहने, विद्यालयलाई मया गर्ने, प्रशासनमा विद्यालय सञ्चालनमा सहयोग गर्ने, विद्यालय र विद्यार्थी प्रति जवाफदेही हुने । विद्यालय बाहिर पनि शिक्षित व्यवहार प्रदशन गर्ने । सँधै सकरात्मक हुने इत्यादी हुन सक्लान तर यि सबै कुरा एउटा शिक्षक खुशी हुँदाको दिन सत्य हुन्छन बेखुशी हुँदाको बखत उडेर जान्छन् ।
माथि उल्लेखित समस्या हालसम्म पनि नेपालको ८० प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयका विद्यमान समस्या हुन सक्दछन् । विशेष गरी ग्रामिण भेगका ठूला विद्यालय माथि यी समस्या भेटिन्छन् । विद्यालय प्रशासन तथा वि.व्य.स. हरु ठूला–ठूला कुरामा बहस गर्दछन् “राज्यको नीति भएन, तरिका भएन, पद्दती भएन” तर आङ्खनो विद्यालय भित्रका स–साना कुराहरु कक्षाकोठा, व्यवस्थापन, अनुशासन, शुसासनमा ध्यान पुगिराखेको छैन । यसरी प्रशासनले वि.व्य.स.अभिभावक र विद्यार्थीमाथी दोसारोपण तथा वि.व्य.स. प्रशासनलाई गर्दै १५/२० वर्ष पुराना डेक्सबेन्चमा किला ठोकी–ठोकीगुजारा चलाए जस्तै गुजरामै चलेका छन्अझै पनि नेपालका धेरै सामुदायिक विद्यालयहरु ।
अबको सुदृढ विद्यालय प्रणालीको तरिका कडा नियम बनाएर नियममा शिक्षक, अभिभावक विद्यार्थीलाई बा“ध्ने होइनकी कसरी हुन्छ विद्यालयले सिकाइप्रति अभिप्रेरणाको कार्यक्रम तय गर्नुपर्छ । झट्ट हेर्दा ठूलो देखिने विद्यालयका समस्या साना–साना समस्याको संगठित रुप हो भन्ने बुझ्नुपर्दछ । अव विद्यालय प्रणालीको भौतिक कुरा र भौतिक संरचनामा मात्र लगानी गर्ने पुरानो परिपाटीलाई चिर्दै विद्यालयले अवसिधै विद्यार्थीमा लगानी गर्ने योजना बनाउनु पर्छ । जस्तै छात्राहरुलाई रिवनले २ चुल्ठा बाट्ने छात्रहरुलाई भादगाउले टोपी लगायर नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न उत्साहित गर्ने । अतिरीक्त क्षमता प्रस्फुटन कार्यक्रममा लगानी गर्ने, अधिकतम विद्यार्थी सक्रिय हुने कार्यक्रमको योजना बनाउने जसले विद्यार्थी होमओर्क नगरे पनि बरु मोबाइल चलाउन छाडेर गित लेख्न व्यस्त होस, गाउन व्यस्त होस, कविता लेख्न व्यस्त होस चित्र कोर्न ब्यस्त होस । शिक्षक विद्यार्थी र सबै सरोकारवालाहरुलाई जिम्मेवारी कसैले दिने कुरा नभई स्व–स्फुर्त लिने कुराको भन्ने भावनाको जागृत गराउने काममा लाग्नुपर्छ ।
(सुर्खेत निवासी शाही हिमालय मावि कुस्मा २ खुर्कोटमा कार्यरत शिक्षक हुनुहुन्छ )