काठमाडौं, भदौ १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनेरास्वबियुका अध्यक्ष सुदेश पराजुलीमाथि कर्वाहीको डण्डा चलाउनु भएको छ ।
पार्टी स्थापनाको दुई बर्ष पुगेकै दिन माधवले अखिलको अध्यक्ष सुदेश पराजुलीलाई कार्वाही गर्दै पदमुक्त गर्नुभएको हो । माधवको चाहनाअनुसार दैनिक रुपमा घरमा नगएको कारण स्थायी कमिटीको बैठकको नाममा सुदेशलाई हटाइएको एक नेताले बताएका छन ।
काठमाडौंमा भएको स्थायी कमिटी बैठकले सुदेशलाई पदमुक्त गरी अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी बनाएको छ । आरती माधवको घरमा बाक्लै जाने अखिल नेतृका रुपमा परिचित हुनुहुन्छ । सुदेश भने बोलाएबाहेक नजाने गरेको बताइएको छ । सोही कारण माधव सुदेशसँग क्रुद्ध बनेको र सुदेशले कतिपय बिषयमा पार्टी नेतृत्वलाई नै सुझाव दिने गरेकोले कार्वाही गरिएको हो ।
स्थायी कमिटी बैठकले लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । यो निर्णयसँगै माधवले जनसंगठनमा नेतृत्व कू गरी आफ्नालाई दिने अभियान सुरु गर्नुभएको छ । एमाले महासचिव रहँदा २०५४ सालमा माधवले अखिलको अध्यक्ष र महासचिव बर्खास्त गरेकै कारण पार्टी नै बिभाजन भएको थियो । सत्तामा जानकै लागि मुख्य सिद्धान्त बनाएर एमालेबाट अलग भई आफ्नै नेतृत्वमा पार्टी गठन गरेको दुई बर्षमै माधवले पुन यस्तो फण्डा गर्नुभएको हो ।

एमाले विभाजनपछि सुदेश अखिलको नेतृत्वमा पुगेका थिए । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो । आजबाट माधवले सुदेशलाई कार्वाही स्वरुप हटाउनु भएको हो ।
अहिलमा मात्रै होइन, माधव आफ्नो भाञ्जालाई साथ दिँदै युवा संघमा पनि यस्तै कार्वाहीको डण्डा चलाउने अभियानमा लागेको नेकपा एसका अर्का नेताले बताए । ती नेताका अनुसार सचिवालयमा अल्पमतमा रहेको भाञ्जा नितेष पौडेललाई साथ दिँदै माधवले दीपक जिएमको टीमलाई यसैगरी कार्वाहीको योजना बनाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्