काठमाडौं, भदौ १३ । नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् ।
करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रनआउट गर्न सफल भएका हुन् । इमाम ५ रन बनाएर आउट भएका हुन् । यस्तै मोहमद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन् । रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्