कैलाली, ५ असोज । गौरीगंगा नगरपालिका–४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका–४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका–३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका–२१ कृष्ती घर भई हाल सोही महानगरपालिका–१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।












प्रतिक्रिया दिनुहोस्