जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १९:३२

बेगनास तालमा युवक मृत फेला


पोखरा, १७ असोज । पोखरा महानगरपालिकास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन् । पोखरा महानगर–३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा प्युठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मंगलबार राति शव फेला परेको र राति नै तालबाट निकालर शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीको भनाइ छ ।