इस्तानबुल, ११ कार्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउनुभएको छ । हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथी आक्रामण रोक्नु पर्ने जनाउनुभएको छ ।
राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उहाँको भनाई छ ।
उहाँले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गर्नुभएको छ । ‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय संकटलाई गहिरो बनाएको छ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्