काठमाडौं, १७ पुस । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
आज दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका–८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्