बैतडी, १५ पुस । बैतडीमा जिप दुर्घटना भएको छ । आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४ का ६९ वर्षीय बिसर चन्द, सोहि ठाउँका २० वर्षीया प्रिंका चन्द र शिवनाथ गाउँपालिका–३ का सानु चन्द रहेका छन् ।
घाइतेहरुको आमचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जिपमा चालकसहित ७ जना सवार रहेका थिए । अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वर्ष २५ का जिप चालक गजेन्द्र पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्