काठमाडौँ, २५ चैत्र । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुल आठौँ स्थानको फुलहामसँग पराजित भएको छ ।
गएराति भएको खेलमा फुलहामले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । यस्तै अर्को खेलमा टोटनहम हट्सपरले साउथ्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।
हिजै भएको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र चेल्सीले भने गोलरहित बराबरी खेलेका छन् ।
ईपीएलमा लिभरपुल ७३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ६२ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन् ।
ईपीएल फुटबलमा शीर्ष स्थानको लिभरपुले फुलहामसँग पराजित

प्रतिक्रिया दिनुहोस्