काठमाडौँ, १३ वैशाख। हेटौँडाबाट ठिंगन हुँदै काठमाण्डौ जोड्ने कान्ति लोकपथ सडक १५ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटान शुरु गर्न को लागि वैशाख १८ गतेदेखि जेठ १ गते दैनिक ६ घण्टा गाडी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार यस अवधिमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी आवागमन पूर्ण रूपमा रोकिनेछ ।
प्रशासनले यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यस अवधिमा काठमाण्डौ–हेटौँडा यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्