जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०६:५१

न्यू पोर्ट क्लबसँगको अभ्यास खेलमा नेपाल तीन विकेटले विजयी


काठमाडौं, ३ जेठ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड शृङ्खलाको लागि तयारी गर्न बेलायत पुगेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ ।

कार्डिफमा हिजो भएको खेलमा न्यू पोर्ट क्रिकेट क्लबलाई नेपालले तीन विकेटले हरायो । नेपालले दुई सय १३ रनको लक्ष्य ३८ औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

खेलमा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गरे । गुलशनले ८० रन जोडे । आरिफ ७२ रनमा अविजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । उनी आउट हुँदा नेपालले ५६ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि न्यू पोर्टले दुई सय १२ रन बनाएको थियो । यो खेलमा नियमित कप्तान रोहित पौडेल अनुपस्थित रहेका थिए ।

लिग–२ अन्तर्गत नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने शृङ्खला आउँदो जुन २ देखि १० तारिखसम्म हुनेछ ।