जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार ०६:५२

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि भारत र बङ्गलादेश खेल्ने


काठमाडौं, ३ जेठ ।  १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि आयोजक भारत र बङ्गलादेश खेल्ने भएका छन् ।

हिजो भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई तीन गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि हिजो नै गोल्डेन जुब्ली स्टेडियममा भएको पहिलो सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो । १९ वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल भोलि हुनेछ ।