जनता टाइम्स

७ मंसिर २०७६, शनिबार १०:१३

जादाजादै पारसले लिए एक विकेट


काठमाडौं, मंसिर ७

यूएईको आबुधाबीमा जारी टी–१० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको अनुभव सम्झन लायक बन्न सकेन । चार खेल खेलेका उनले केवल ४ रन जोड्ने अवसर मात्र प्राप्त गरे । सातौं नम्बरमा ब्याटिङ गर्ने मौका पाएका उनले तीन खेलमा केवल चार बलमात्र खेल्न पाएका थिए ।

अन्तिम खेलमा पुन मौका पाए खड्का आबद्ध टिम आबुधाबीले सन्दीप लामिछाने आबद्ध टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ । अन्तिम खेल अगावै दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका थिए । आबुधाबीस्थित शेखजायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । टिम आबुधाबीका लागि लुक राइटले ५७ रन बनाए । यस्तै मोइन अलीले ३५ रन बनाए । तर सो खेलमा पारसले ब्याटिङको मौका पाएनन् । उनी लगातार तीन खेलपछि शुक्रबार रातिको खेलमा टिममा परेका थिए । यता कर्नाटकमा पनि सन्दीप लामिछाने पहिलो पटक बेञ्चमा थिए ।

१२९ रनको विजयी लक्ष्य पाएको कर्नाटका १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले राम्रो खेल्न सकेनन् ।ब्याटिङमा मौका न पाएपनि बलिङमा पारसले मौका पाएका थिए । उनले २ ओभरमा ३० रन दिएर एक विकेट लिए । जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका पारसले दुई ओभरमा ३० रन दिए । उनको ओभरमा तीन वटा क्याच छुटेका थिए । यद्यपी अन्तिम बलमा युएईका कप्तान समेत रहेका अहमद राजालाई क्याच आउट गराउन सफल भएका थिए ।