जनता टाइम्स

१ मंसिर २०८२, सोमबार ०९:०६

देशभरको मौसम सफा, चिसो बढ्दै


काठमाडौं, १ मंसिर ।  आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाण्डौसहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज बिहानको तापक्रम ९।२ डिग्री सेल्सियस थियो ।