जनता टाइम्स

१५ असार २०८३, सोमबार ०६:५८

टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डको ऐतिहासिक क्लिनस्वीप


काठमाडौं, १५ असार ।टि२० क्रिकेटको विश्वविजेता भारतविरूद्धको सिरिज आयरल्यान्डले क्लीनस्वीप गरेको छ । दोस्रो म्याचमा एक रनको रोमाञ्चक जितसँगै आयरल्याण्डले घरेलु मैदानमा आयोजित श्रृङ्खला २(० ले कब्जा गरेको हो ।

यो हारसँगै भारतले कायम गरेको लगातार जितको श्रृङ्खलामा ब्रेक लाग्यो । भारतले पछिल्ल १६ टि २० अन्तर्राष्ट्रिय सिरिज लगातार आफ्नो पोल्टामा पारेको थियो । तर कमजोर आँकिएको आयरल्याण्डले भारतलाई स्तब्ध पार्‍यो ।

पहिलो ब्याटिङ गर्दै आयरल्यान्डले १५५ रनको सामान्य लक्ष्य दिएको थियो । भारतले ९ विकेट क्षतिमा १५३ रन मात्रै जोड्न सक्यो । भारतका लागि तिलक बर्माले सर्वाधिक ५५ रन बनाएका थिए ।

भारतलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको थियो । पहिलो २ बलमा ९ रन जोडेर भारतले आशा जगाए पनि त्यसपछि त्यसपछिका तीन बलमा ३ रन मात्र जोडेर हर्षित रानाको विकेट गुमाएपछि भारतको आशा समाप्त भएको थियो ।