काठमाडौं, मंसिर ५ । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको अध्यक्ष नियुक्ति सिफारिस समितिले प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आवेदन माग गरेको हो ।
इच्छुक तथा योग्य उम्मेदवारले आगामी मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।
दरखास्त फाराम, आवश्यक शैक्षिक योग्यता, अनुभव तथा आवेदनसाथ पेस गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालय र सार्वजनिक सेवा प्रसारण संस्थाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने समितिले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्