काठमाडौं, फागुन ८ । २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको स्मृति तथा ७० औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार केन्द्रीय रक्त संचार केन्द्र सोल्टिमोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रामप्रसाद राई फाउण्डेशनले सो रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
फाउण्डेशनकी अध्यक्ष सुष्मा राईका अनुसार कार्यक्रममा तीन दर्जन भन्दा बढीले रक्तदान गरेका छन । अध्यक्ष राईले फाउन्डेसनले निरन्तर सामाजिक काममा सक्रिय भई रहेको र पछिल्लो समय समय रगत अभाबले विकराल रुप लिई रहेको बेला रगत अभावलाई केही हदसम्ममा न्युनिकरण गर्नलाई वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । प्रतिष्ठानले यसअघि रामप्रसाद राईको स्मृतिमा पुस्तक प्रकाशन तथा शैक्षिक र विकास निर्माणका काम पनि गरिदै आएको छ ।
फाउण्डेशनले गत बर्ष पनि फागुन ७ मै रक्तदान गरेको थियो । ‘पछिल्लो समय रगत अभावमा बिरामीको ज्यान जाने घटना बढन थालेपछि हामीले उहाँको स्मृति दिवसका दिन रक्तदान गरी मानव बचाउने अभियान रोजेका हौं,’ अध्यक्ष राईले भन्नुभयो । क्रान्तिकारी योद्धा राईको जन्म वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासखोरा भएको थियो । पहिले बेलायती सेनामा काम गर्नुभएका राई पछिल्लो कालमा पूर्वका भोजपुरसहितका जिल्लाबाट २००७ सालको प्रजातान्त्रिक आन्दोलनका एक कमाण्डर हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्