जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १६:२४

काठमाडौं उपत्यकामा थपिए २ सय २४ जना नयाँ कोरोना संक्रमित, कुन जिल्लाका कति छन नयाँ संक्रमित ?


काठमाडौं, भदौ ८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्तादेशभर थप ७४३ जनामा कोरोना भाइरस (कोभिड—१९)  संक्रमण पोजेटिभ देखिएको छ ।  प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १७७, ललितपुरका १८ र भक्तपुरका १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ ।