जनता टाइम्स

२ फाल्गुन २०७७, आईतवार १२:४४

प्रेम दिवसका अवसरमा ‘तिमी रिसाउँदा’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, फागुन २

गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । प्रेम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) को हो भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गर्नुभएको छ । विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताउनुभयो ।

जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गर्नुभएको छ । गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।